नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम "औद्योगिक व्यवसाय नियमावली, २०७८" रहेको छ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) "ऐन" भन्नाले औद्योगिक व्यवसाय ऐन, २०७६ सम्झनु पर्छ। (ख) "नेपाल व्यवसाय मञ्च" भन्नाले नियम ३८ बमोजिमको नेपाल व्यवसाय मञ्च सम्झनु पर्छ। (ग) "रुग्ण उद्योग सुझाव समिति" भन्नाले नियम ३६ बमोजिमको रुग्ण उद्योग सुझाव समिति सम्झनु पर्छ।